नियम १२
विज्ञापन प्रकाशन
(१) आयोगले विज्ञापन प्रकाशन गर्दा रिक्त पदसंख्या, आवश्यक न्यूनतम योग्यता, परीक्षा दस्तुर, दरखास्त फाराम बुझाउने म्याद र स्थान, परीक्षा हुने मिति तथा परीक्षाको तरिका समेत खुलाई राष्ट्रियस्तरको दैनिक समाचारपत्रिका, आयोगको वेबसाइट तथा आवश्यकता अनुसार अन्य सञ्चार माध्यम मार्फत प्रकाशन गर्नेछ।
(२) उपनियम (१) बमोजिम दरखास्त फाराम बुझाउने म्याद पहिलो पटक विज्ञापन प्रकाशन भएको मितिले कम्तीमा ३० (तीस) दिनको हुनेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि दरखास्त फाराम बुझाउने म्याद समाप्त भएको मितिले सात दिनभित्र दोब्वर दस्तुर तिरी  दरखास्त फाराम बुझाउन सकिनेछ ।
तर यस अवधिमा प्राप्त भएको शैक्षिक योग्यता, तालीम, अनुभव वा सेवा अवधि गणना गरिने छैन ।
(४) यस नियममा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै विशेष परिस्थिति परी दरखास्त फाराम बुझाउने म्याद थप गर्न आवश्यक छ भन्ने आयोगलाई लागेमा आयोगले दरखास्त फाराम बुझाउने म्याद थप गर्न सक्नेछ ।